“नेतृत्व र निर्णय परियोजना” अन्तरगत प्लान नेपाल र सामुदायिक समाज उत्थान केन्द्रको सहकार्य र काठमाण्डौ तालिम केन्द्रको सहजीकरणमा संचालित सहजीकरण सीप विकास तालिम परिवर्तनका संवाहक (Champion of Change) कक्षा संचालन गरिरहेका सहजकर्ताहरुको लागि २०७८ साल चैत्र १५ गतेदेखि १७ गतेसम्म सिन्धुली जिल्लाको होटेल सिन्धुली –इन मा प्लान नेपालको आयोजनामा तीन दिने सहजीकरण सीप विकास तालिम सुनसरी र सिन्धुलीका सहजकर्ताहरुको लागि भनी संचालन भएको तालिममा मलाई सहभागी हुने अवसर प्राप्त भएको थियो । जुन तालिमको सहजकर्ता काठमाण्डौ तालिम केन्द्रको राजबहादुर गिरी र पदमा शाक्य हुनुहुन्थ्यो । जुनुसुकै काम होस या तालिम त्यसको प्रतिफल प्रायः सोचेजस्तो हुदैन तर यो तालिम सोचेभन्दा निकै नै उत्कृष्ट थियो ।
एक असल सहजकर्ता बन्नका लागि आवश्यक गुण सहजीकरणमा सहभागीहरुको ध्यानाकर्षण गराउन, आकर्षित हुने क्रियाकलापको थालनी, विभिन्न विधि तथा प्रकृया, शैक्षिक उपकरण र विधिको प्रयोग र कथा, कविता र लेखको माध्यमबाट सिकाई आदि । यी सबै कुराहरुको बारेमा जानकारी अझै पनि मेरो मानसपटलमा छर्लङ्ग छ र जुन सिकाई मेरो लागि नयाँ नौलो थियो । जुन सिकाईले मेरो व्यक्तित्व विकास साथै सिकाई तथा अनुभवमा निखारता ल्याएको छ । जसले गर्दा आज परिवर्तनको संवाहक (Champion of Change -CoC) भाई बहिनीहरु साथी जस्तै भएर म संग खुलेर सोध्ने र सिक्ने गर्छन र परिवार छरछिमेकमा सकारात्मक परिवर्तन ल्याउने कोशिश गर्छन । तालिम पश्चात आज म सहजीकरण गर्ने क्रममा सहभागीहरुलाई नै सक्रिय राखी हरेक समस्याको समाधान उनीहरुबाट नै ल्याउने प्रयत्न गर्छु र म सही मार्गदर्शन मात्र गर्छु । यसर्थ म शिक्षा संकायमा अध्ययनरत विद्यार्थी र मेरो भविष्य शिक्षक हो त्यो समयमा म पक्कै पनि यस तालिममा भएको सिकाई अनुसार सिकाउनेछु र सहजकर्ताको भूमिका निर्वाह गर्दछु । सिकाई दिगो र व्यवहारिक हुनुपर्छ सिकाईमा रोचक ढंगले सहजीकरण गर्नुपर्छ । यसकारण जुनसुकै विषय होस् त्यसलाई पट्यार लाग्दो बनाउने कि रोचक बनाउने त्यो एउटा प्रशिक्षकको हातमा हुन्छ । अन्त्यमा यस तालिममा महत्वपूर्ण भूमिका खेल्नुहुने तालिम प्रशिक्षक, प्लान नेपाल र संलग्न संस्थाहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।
विज्ञान विष्ट
धरान उपमहानगरपालिका –१६, सुनसरी
सामुदायिक समाज उत्थान केन्द्र
सहजीकरण सीप