प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) र काठमाण्डौ तालिम केन्द्रको वर्गीकृत छात्रवृत्ति (Classified Scholarship)   १८ महिने सामाजिक परिचालन तालिम उन्नाइसौँ व्याचमा अध्ययन गरेको म सविता बराइली, मेरो घर उमाकुण्ड गाउँपालिका –२ रामेछाप हो । हाल काठमाण्डौ तालिम केन्द्रमा कार्यगत तालिम (On -the -Job -Training)   गरिरहेको छु । यस सामाजिक परिचालन तालिम लिनुपूर्वको सबिता र हाल तालिम लिइसकेपछिको सबिताको जीवनमा आकाश पातालको परिवर्तन भएको मैले महसुस गरेको छु । मैले यस सामाजिक परिचालन तालिमबाट धेरै जीवनोपयोगी सीपहरु, व्यवहारिक सीपहरु, प्रस्तुतिकरण तथा सहजीकरण सीप, प्रतिवेदन लेखन, कार्यक्रम संचालन गर्ने, उत्प्रेरणात्मक सीप, निर्णय गर्ने सीप सिकेको छु । काठमाण्डौँ तालिम केन्द्रमा पढाईमा कमजोर भएको, दुःख पाएको विद्यार्थीहरुलाई क्षमता विकास गरी आफू स्वयं केही गर्न सक्ने सक्षमता प्रदान गर्दछ । साथै यस केन्द्रमा भेदभावरहित भावनाको विकास गरी सकारात्मक परिवर्तन ल्याउने र समावेशीकरणको अनुभूति गर्न सकिन्छ ।

सबिता बराइली
सामाजिक परिचालन प्रशिक्षार्थी,
काठमाण्डौ तालिम केन्द्र