रोजगारमूलक तालिम लिन चाहनेहरुका लागि सुवर्ण अवसर !
नेपाल सरकार CTEVT बाट सम्बन्धन प्राप्त Social Mobilization (SM) Course तालिममा भर्ना खुल्यो
“सामुदायिक विकासका लागि सक्षम जनशक्ति सामाजिक परिचालन तालिमले हुन्छ उन्मुक्ति”
काठमाण्डौ तालिम केन्द्रले सामुदायिक विकास तथा सामाजिक परिचालन कार्यक्रममा संलग्न नेपाल सरकारका स्थानीय निकाय नगरपालिका, गाउँपालिका तथा अन्य संघ-संस्थामा आवश्यक पर्ने सामुदायिक विकास तथा सामाजिक परिचालन कार्यक्रम संचालन गर्न सक्षम जनशक्ति उत्पादन गर्दै आइरहेको छ । नेपाली युवाहरुलाई रोजगारयुक्त, सिपमूलक तालिम दिई आत्मनिर्भर बनाउने उद्देश्यले वि.सं २०५९ सालमा काठमाण्डौ तालिम केन्द्रको स्थापना भएको हो । सामाजिक परिचालनको माध्यमबाट गरिबी न्यूनिकरण तथा दिगो विकास लक्ष्य (Sustainable Development Goal –SDG)हाँसिल गर्ने नेपाल सरकारको प्राथमिकतामा आधारित कार्यक्रम र संघीय संरचनालाई सहयोग पु¥याउने कुरामा सम्बद्ध सबै पक्षहरु विश्वस्त छन् । तालिम पश्चात प्रशिक्षार्थीहरु नेपालका विभिन्न जिल्लाहरुमा नेपाल सरकारका स्थानीय निकाय तथा NGOs, INGOs, Micro Finance (लघुवित्त विकास बैंक) र अन्य सामाजिक संघ-संस्थाहरुमा कार्यरत छन् । हालसम्म यस केन्द्रबाट उत्पादित तालिम प्राप्त ७०० जना सामाजिक परिचालकहरु प्रत्यक्ष रोजगारमा संलग्न भएको व्यहोरा अवगत गराउँदछौँ । तसर्थ काठमाण्डौ तालिम केन्द्र शैक्षिक सत्र २०७९/०८० सालमा संचालन हुने सामाजिक परिचालन (Social Mobilization -SM) कोर्षमा तालिम लिन इच्छुक योग्यता पुगेका व्यक्तिहरुलाई आवेदनको लागि आव्हान गर्दछ ।

तालिम अवधि – १८ महिना (१२ महिना तालिम, ६ महिना OJT)
न्यूनतम योग्यता – SEE, SLC पास अथवा +2
फाराम बुझाउने अन्तिम मिति – २०७९ भाद्र ८ गतेसम्म
प्रवेश परीक्षा मितिः २०७९ भाद्र १६ गते विहान ८ बजे
निःशुल्क तयारी कक्षाको व्यवस्था छ ।
(फाराम Websiteबाट पनि Downloadगर्न सकिन्छ)

पेश गर्नु पर्ने कागजातहरु
शैक्षिक योग्यता र नागरिकताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपी तथा पासपोर्ट साइजको फोटो ४ प्रति ।

सामुदायिक विकास कार्यमा रुचि राख्ने दुर्गम क्षेत्र तथा  पिछडिएका वर्गका युवाविशेष गरी महिला, दलित, जनजाति, मधेसी, गरीब तथा विपन्न युवाहरुलाई CTEVT को वर्गीकृत छात्रवृत्ति (Classified Scholarship) को व्यवस्था छ ।

थप जानकारीको लागिः
काठमाण्डौ तालिम केन्द्र
अमरावती मार्ग, (बालकुमारी पुल नजिकै) कोटेश्वर, काठमाण्डौ
फोनः ०१–५१४७१९७, ९८५१०८६७५४, ९८४१४३४१३३ पो.व.नं.२४५०७
ईमेल- kathmandutrainingcenter@gmail.com / Website: www.kathmandutrainingcenter.org

Kathmandu Training Center Koteshwor, Kathmandu

Training Requisition Form

Nagarik Badapatra

नेपालको विकासका आयाम र आधारहरु

राजबहादुर गिरी : लेखक  काठमाडौं तालिम केन्द्रका कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुनुहुन्छ ।